December 25, 2007

अझै पनि के भर छ---?!

त्यसो त जापानी संचारमाध्यममा नेपाल हतपती आउँदैन। जापानीहरुका लागि जापान अथवा अमेरिकासंग सम्बन्धित खबर बाहेक अरु कुनै 'खबर' खबर बनिन लायक हुँदैन भनेर हामीहरु जोक गर्छौं बेला-बेला! फेरि कुन च्यानेलमा कतिखेर छुस्स आउँछ थाहा हुँदैन।

आज खाना खाँदै गर्दा जापानको सरकारी च्यानल NHK मा नेपालको बारेमा खबर आयो, त्यस्तै एक मिनेटजतिको,'नेपाल अब गणतन्त्र हुने भयो!' भन्ने। अरु कुरा त ठिकै थियो, जापानीहरुले माओवादीका 'अध्यक्ष'लाई देखाएका थिए। जापानीहरुमा माओवादीले गर्दानै यो सब भएको हो नत्र नेपालमा 'गणतन्त्र' आउनेनै थिएन भन्ने परेको छ। तर वास्तविकता अर्कै छ। यथार्थ त के हो भने माओवादीहरुकै कारण 'गणतन्त्र नेपाल' झन-झन ढिला हुँदै गइरहेको छ। कथित 'गणतन्त्र लेख्ने' कुरामा गर्व हुँदैछ यहाँ, तर नेपाल वास्तवमै गणतन्त्र भईसक्ने थियो अहिले यदि माओवादीहरुले 'टाङ' नअडाएका भए। विगत केहि महिनादेखि देशलाई अनिर्णय र अराजकताको बन्दी बनाएपनि उनीहरुले केहि नयाँ उपलब्धि गर्न सकेका हैनन्। देशले 'गणतन्त्र' हिजै लेखिसकेको थियो, आज आएर कसैले लेखेपनि र नलेखेपनि! माओवादीहरु चुनावबाट भाग्नुपर्ने कुनै कारण, कुनै मुद्दा थिएन।
देशले त झन केहि पाएकै हैन।
अनि, अझै पनि के भर छ माओवादीहरुको?! अर्को बहाना झिकेर चुनावलाई भाँड्न सक्छन् उनीहरु। 'अस्ति' लेखिएका कुराहरुलाई 'हिजो' धोती लगाइदिन सक्नेहरुले 'आज' लेखिएका कुरालाई 'भोलि' मेट्न सक्दैनन् भनेर कस्ले भन्न सक्छ?!

1 comment:

  1. Thank you for ur nice comment. I was seeking such comment that can give certain idea to make be better in blogging. And ur comment do like this. N in the case of Maoist, ur thoughts are good because परिवर्तन हुन चाहनेबाट केही आश राख्न सकिन्छ, सधैं उही दादागिरी तरिकाले हिंड्न खोज्ने प्रविर्तिबाट ठुलो आश राख्नु बेबकुफी हो ।

    ReplyDelete