July 04, 2007

चाङ्गमा थपिएको अर्को एक घोषणा(?)



(महतले वजेट भाषण खोकेको भनेर म झुक्केको रहेछु।) आज सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रमहरु घोषणा गरेको रहेछ। तर यो सरकारको अहिलेसम्मको काम गराईको ताल हेर्दा यो घोषणा पनि '(बोलेर पूरा नगरिएका) घोषणाहरुको चाङ्ग'मै गएर नथन्किएला भन्ने केहि आधार छैन।

नीति र कार्यक्रमहरुको कुरो त छँदैछ, घोषणामा विरेन्द्र र ऐश्वर्यको सम्पत्ति राष्ट्रियकरण गर्ने र ज्ञानेन्द्रले हडपेका निकुञ्जहरु खोस्ने भन्ने पनि रहेछ! यो त पोहर पनि थियो नि! एक वर्षसम्म यो दिशामा केहि माखो मारेको छैन सरकारले, 'सरकारको जग्गा कहाँ-कहाँ र कति-कति छ, जानकारी दिईबक्सियोस्' भन्ने पाराको चिठ्ठी लेख्ने बाहेक। अबको एक वर्षमा पनि केहि गर्लान् यिनले भन्ने त्यतिधेरै आशा छैन मेरो। पोहरको अप्रिल क्रान्तिको लगत्तै शहीदहरुको आलो रगतमाथि उभिएर र त्यहि रगतको कसम खाएर घोषणा गरेको बेला त आफ्नो घोषणालाई सार्थकता दिन चाहेनन् भने अहिले त यिनीहरुले त्यति बेला बगेको जनताको रगतलाई पूरै बिर्सिसकेका छन्। तैपनि झिनो भएपनि आशा गरौं, बोलेको कुरा पु-याउने बानी पलाएर आउनेछ हाम्रा नेताहरुमा! नत्र किन बोल्नु?

गिरिजाबाबुले 'दरबारीयाहरु सबै आफैं झोली-तुम्बा भिरेर अहिल्यै निक्ले हुन्छ, नत्र संविधानसभाले तिमीहरुको बाह्र बजाउला!' भनेर पनि भने रे घुमाउरो पारामा! कुरो त ठीकै हो,तर कहिलेसम्म? गिरिजाले कतै गएर अर्को भाषण नगरेसम्म? अथवा नेपाली पत्रकारले नबुझ्ने गरी विदेशी पत्रकारसंग अंग्रेजीमा नबोलेसम्म?

2 comments:

  1. हो बसन्त जी हाम्रा प्रधानमन्त्री त सज्जन छैनन् जे मन लाग्यो त्यही वोल्ने गर्छन भने ती प्रधान मन्त्रीका मातहतमा रहेका मन्त्री र मन्त्रीमण्डलले के गर्ला भन्ने आशा गर्नु नि २०६२/०६३को आन्दोलनमा ज्यान गुमाउनेले गुमाई हाले तिनिहरुको रगतको कुनै मुल्य यी पद र स्वार्थबाट लुलुप्ता नेता बाट आशा गर्नु भनेको तपाई हामी पनि बेकुफ हुनु हो र हामीले पनि हाम्रा प्रधानमन्त्रीको अंग्रेजी नेपाली पत्रकारहरुले नबुझे सरह .........

    www.dalitmediahome.com

    ReplyDelete
  2. Hello Basanta ji, It's a good analysis. We can see how much our country achieved in this period after April Revolution. Neta haru ka gafai Thula ta holan ni!!!! Aba Ganatantra samma lyauna sakiyo bhane......We should not accept much from them. I think it is time that we also should actively Indulge in politics. What You say?

    ReplyDelete