June 07, 2007

तीन मुक्तक

तीन मुक्तकहरु

-१-
किन मध्यदिनमै बर्बराउने भेष छ?!
मलाई बिर्स्यौ?! कि खल्तीमा अर्कै आदेश छ?!
कुद्नेले हार्ने प्रतियोगिता गर्दैछौ शायद
बूढा घोडाहरुको रेस छ!


-२-
आफ्नो कद आफैं घटाउँदै छन्
मान्छेहरु आफ्नै टाउको कटाउँदै छन्
आत्मघातमा पनि गौरव गर्दा रहेछन्
आफ्नै इतिहासलाई धूलो चटाउँदै छन्!


-३-
'जब मेरै खल्तीमा पूरै देश छ,
जनताले राजनीति नबुझेकै वेश छ।'
'देश चलाउनेको योग्यता?' मैले कोट्याएँ
'हेर, यी पूरै पाकेको केश छ!'

No comments:

Post a Comment